नेपाली राजदूतावास अबुधाबीको घुम्ती शिविरमा सेवा लिनेको भीड
सारांश
- अबूधाबीस्थित नेपाली राजदूतावासले युएईका विभिन्न संघसंस्थाको सहयोगमा घुम्ती शिविर सञ्चालन गर्यो।
- शिविरमा राहदानी नवीकरण, श्रम वैधानिकिकरण, कन्सुलर सेवा लगायतका विषयमा जानकारी गराइयो।
- राजदूतावासले श्रमिक सचेतना र वित्तीय साक्षरता सम्बन्धी जानकारी पनि प्रदान गर्यो।
काठमाडौँ । नेपाली राजदूतावास अबुधाबी र नेपाली समाज, युएई लगायत अन्य संघसंस्थाहरुको सहयोगमा शुक्रबार अबुधाबीबाट करिब २०० किमीको दूरीमा रहेको Al-Ain सहरमा राहदानी, श्रम वैधानिकिकरण, कन्सुलर तथा श्रमिक सचेतना घुम्ती शिविर कार्यक्रम सञ्चालन गरिएको छ ।
उक्त घुम्ती शिविरमा राहदानी नवीकरण, श्रम वैधानिकिकरण, कन्सुलर तथा कानुनी परामर्श लगायतका सेवा लिन आउनु भएका नेपालीहरुको उलेख्यरुपमा उपस्थिति रहेको थियो।
त्यसैगरी नेपाल सरकारले हालका दिनमा श्रम(सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानुनी तथा प्रक्रियागत विषयहरू ( सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, सोको प्रक्रिया, तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, नेपाली राजदूतावास, युएईबाट नै पुनः श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्था सम्बन्धी जानकारी एवम् वित्तीय साक्षरता लगायतका विविध विषयमा जानकारी प्रदान गरिएको थियो।
युएईमा रहँदा बस्दा पालना गर्नु पर्ने नियम, कानुन तथा अपनाउनु पर्ने सावधानीका विषयमा पनि जानकारी गराइएको थियो।राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधैँ क्रियाशील र कटिबद्ध रहेको छ।

राहदानीको म्याद समाप्त भैसकेका, भिसाको म्याद समाप्त भैसकेका र राहदानी हराई समस्यामा परेका, श्रम वैधानिकिकरण गर्न आवश्यक भएका व्यक्तिहरूका लागि राजदूतावासले प्राथमिकताका साथ सेवा उपलब्ध गराउने गरेको छ।

भविष्यमा आयोजना गरिने यस किसिमका कार्यक्रमहरूमा समेत युएईमा रहेका सम्पूर्ण नेपाली सङ्घ-संस्था लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सक्रिय सहभागिता तथा सहयोग रहने अपेक्षा गरिएको नेपाली राजदूतावास अबुधाबीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण