देउवालाई बालेनको प्रश्न : कुन भीपीएन हो ?
सारांश
- शेरबहादुर देउवाले फेसबुकमा पोस्ट गरेपछि काठमाडौँका मेयर बालेन शाहले व्यङ्ग्य गर्दै कमेन्ट गरे।
- देउवाले सुनसरीमा कार्यक्रममा सम्बोधन गरेको तस्बिर पोस्ट गरेका थिए।
- कांग्रेसले अदालतको आदेश अनुसार कानुन नबन्दासम्म सामाजिक सञ्जाल बन्द नगर्ने निर्णय गरेको छ।
काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको बेला सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै प्रतिबन्धित सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् ।
देउवाले सरकारको निर्देशन नटेरेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले देउवाप्रति उक्त पोस्टमा व्यङ्ग्य गर्दै कमेन्ट गरेका छन् ।
देउवाले शनिबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापना दिवस र रकम पूजा कार्यक्रमलाई सम्बोधन गरेको भन्दै तस्बिरहरु पोस्ट गरेका थिए ।
उक्त पोस्टमा बालेनले लेखेका छन्, ‘यो पोस्ट कुन भीपीएनबाट हो । नेपाली हो कि विदेशी । साह्रै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त ।’
यसैबिच, कांग्रेसले सर्वोच्च अदालतको परमादेशको अवहेलना नहुने गरी कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने बताएको छ । आइतबार देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको पोजिसन बुझेर सर्वोच्चको परमादेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्दको निर्णयमा कडाइ नगर्ने निर्णय गरेको नेता बलबहादुर केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण