सुनुवाइ समितिका सभापति खतिवडाको शपथ आज
सारांश
- रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध निर्वाचित भए।
- सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे शपथ ग्रहण गराउनेछन्।
- यसअघि उनी निजामती सेवा विधेयक प्रकरणमा नैतिकताको प्रश्न उठे पछि राजीनामा दिएका थिए।
काठमाडौँ । शुक्रबार संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुने भएको छ । सोमबार बिहान ११ बजे कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाको शपथ ग्रहण कार्यक्रम हुने सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ ।
सङ्घीय संसद्का दुवै सदनका सदस्यको प्रतिनिधित्व रहने समितिका सभापति खतिवडालाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थितिमा सभामुख घिमिरेले शपथ दिलाउने छन् ।
यसअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रहेका खतिवडा सङ्घीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रकरणको छानबिन गर्न बनेको संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्याएपछि राजीनामा दिएका थिए ।
त्यसपछि खतिवडालाई उनको पार्टी नेपाली कांग्रेसले त्यहाँबाट सरुवा गरेर संसदीय समिति ल्याइ सभापति बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण