जेनजी प्रदर्शन
इटहरीमा प्रहरीद्वारा हवाई फायर, कर्फ्यु आदेश जारी गर्ने तयारी
सोमबार, २३ भदौ २०८२, १५ : ५७
सारांश
- सुनसरीको इटहरीमा भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन भएको थियो।
- प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन हवाई फायर गरेको थियो।
- स्थानीय प्रशासनले इटहरी क्षेत्रमा कर्फ्यू लगाउने तयारी गरेको छ।
विराटनगर । सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको हो ।
इटहरी उपमहानगरपालिकाभित्र रहेका प्रदर्शनकारीलाई लक्षित गरी हवाई फायर गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इटहरी चोकको प्रदर्शन अनियन्त्रित बनेपछि हवाई फायर र लाठी चार्ज भएको हो ।
उनका अनुसार अवस्था नियन्त्रणका लागि स्थानीय प्रशासनले इटहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा
-
सरकारी सूचनामा निजी मिडियामाथि विभेद भएको भन्दै पत्रकार महासङ्घको र्याली
-
कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिँदै
-
रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
-
अन्ततः ठेक्का सम्झौता रद्द
-
काठमाडौँका डेन्टल अस्पताल अनुमतिविनै सञ्चालन, अदक्ष जनशक्ति प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण