भ्रष्टाचार आरोप सामना गरिरहेका अर्जेन्टिनी राष्ट्रपतिलाई चुनावमा ठुलो झट्का
ब्युनस आयर्स । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीलाई ठुलो झट्का लागेको छ ।
आइतबार ब्युनस आयर्सको प्रान्तीय चुनावमा माइलीको पार्टीले हार बेहोरेको छ । यस्तो अवस्थामा मध्यावधि चुनावको लागि पार्टीको प्रदर्शनमाथि प्रश्न उठाइएको छ । प्रान्तीय चुनावमा जाभियर माइलीको पार्टीले ३४ प्रतिशत मत पाएको थियो ।
अर्जेन्टिनाको पुरानो पार्टी पेरोनिज्म पार्टीले ४७ प्रतिशत मत पाएर जित हात पारेको थियो ।
यी नतिजा माइलीको लागि ठुलो झट्का हो । अर्जेन्टिनाको संकटग्रस्त अर्थतन्त्रमा उनले आमूल परिवर्तन गरिरहेका छन् । माइलीको नीतिले अर्जेन्टिनाको मुद्रा पेसोलाई स्थिर बनाएको छ, तर अर्जेन्टिनाको श्रमिक वर्ग अझै पनि समस्यामा छ ।
ब्युनस आयर्स प्रान्तीय चुनावको नतिजा सरकारको लागि चेतावनी भएको राजनीतिक विज्ञहरू विश्वास गर्छन् । माइलीको तुलना डोनाल्ड ट्रम्पसँग गरिन्छ । भ्रष्टाचारको मुद्दामा विपक्षीहरूले माइलीलाई घेरेका छन् । तर उनी राष्ट्रपति रहँदा माइलीका परिवारका सदस्यहरूले गम्भीर भ्रष्टाचारको आरोपको सामना गरिरहेका छन् । माइलीकी बहिनीलाई औषधिको ठेक्कामा घुस लिएको आरोप छ ।
अर्जेन्टिनाको अर्थतन्त्र संकुचित हुँदै गइरहेको छ, उपभोक्ता विश्वास घट्दैछ, बेरोजगारी बढ्दैछ र ब्याजदर रेकर्ड उच्च तहमा पुगिरहेको छ । सरकारले नगद संकटको सामना गरिरहेका मतदाताहरूलाई सन्तुष्ट पार्न पेसोलाई समर्थन गर्न र मुद्रास्फीति कम गर्न बारम्बार मुद्रा बजारमा हस्तक्षेप गरिरहेको छ ।
आइतबार ब्युनस आयर्सका दर्जनौँ नगरपालिकाहरूमा काउन्सिलरहरूको चुनावको लागि मतदानले राष्ट्रिय नीतिमा कुनै परिवर्तन ल्याउने छैन, न त यसले राष्ट्रिय कांग्रेसमा कुनै प्रभाव पार्नेछ, तर यसले तल्लो सदनको आधा सिट र सिनेटको एक तिहाइ सिटको लागि अक्टोबरको अन्त्यमा हुने मध्यावधि चुनावमा गहिरो प्रभाव पार्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण