नेकपा (माले) द्वारा जेनजी' आन्दोलनमाथिको दमनको निन्दा
सारांश
- नेकपा (माले) ले सरकारको प्रदर्शनमाथिको दमनको निन्दा गरेको छ।
- पार्टीले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरोध गरेको छ।
- बैठकले प्रदर्शनकारीमाथि गोली प्रहार र हत्याको विरोध गर्दै दमन रोक्न माग गरेको छ।
काठमाडौँ । नेकपा (माले) को स्थायी कमिटीको विस्तारित बैठकले सरकारले ‘जेनजी’ पुस्ताले गरेको विरोध प्रदर्शनमाथि गरेको दमनको कडा निन्दा गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा महासचिव सीपी मैनालीको अध्यक्षतामा बसेको बैठकले सरकारको यस कार्यलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।
पार्टीका अनुसार, सरकारको भ्रष्टाचार, अनियमितता र राष्ट्रघातका गलत नीतिहरूबाट आक्रोशित युवा–विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् । बैठकले लाखौँको रोजगारी र शिक्षा प्राप्तिको माध्यम बनेका सामाजिक सञ्जालहरूलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई 'विवेकहीन र अदूरदर्शी' भनेको छ।
विज्ञप्तिमा भनिएको छ, 'सरकारले सामाजिक सञ्जाल दर्ता नभएको बहाना बनाए पनि वास्तविक कारण भने वर्तमान सरकारको भ्रष्टाचार र कुशासनको विरुद्धमा ती माध्यमहरू प्रयोग हुनु नै हो।'
बैठकले प्रदर्शनकारीमाथि भएको गोली प्रहार र दर्जनौँको हत्याको कडा विरोध गर्दै तत्काल दमन रोक्न माग गरेको छ । पार्टीले सरकारसँग निम्न मागहरू गरेको छ:
- सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिनुपर्ने।
- मृतकहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने।
- घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने।
- जनताका अन्य मागहरू पनि सम्बोधन गर्नुपर्ने।
यदि सरकारले जनताको विश्वास जित्ने गरी यी मागहरूलाई सम्बोधन नगरे त्यसले भयावह रूप लिने चेतावनी पनि बैठकले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण