इन्टरनेट सेवा प्रदायकको चेतावनी : इन्टरनेट सेवा नै अवरुद्ध हुने खतरा भयो
सारांश
- नेपाल इन्टरनेट सेवा प्रदायक संघले सामाजिक सञ्जालमाथिको प्रतिबन्धले इन्टरनेट सेवामा समस्या आएको जनाएको छ।
- अध्यक्ष सुधीर पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा समस्या समाधानका लागि सहयोगको अनुरोध गरिएको छ।
- अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिक बढेकाले नेटवर्कमा चाप र आर्थिक क्षति भएको संघको भनाइ छ।
काठमाडौं । नेपाल इन्टरनेट सेवा प्रदायक संघले नेपाल दूरसञ्चार प्राधिकरणलाई एक पत्र पठाउँदै सामाजिक सञ्जालमाथिको प्रतिबन्धका कारण इन्टरनेट सेवामा गम्भीर समस्या आएको जानकारी गराएको छ।
सङ्घका अध्यक्ष सुधीर पराजुलीद्वारा हस्ताक्षरित उक्त पत्रमा प्रतिबन्धका कारण उत्पन्न भएका समस्याहरूको समाधानका लागि आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरिएको छ।
पत्रमा अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिकमा निरन्तर वृद्धि भएको कारण नेटवर्कमा असामान्य चाप र ब्यान्डविथ साँघुरिने समस्या देखिएको उल्लेख छ। यसले इन्टरनेटको गति सुस्त हुनु, ढिलाइ (लेटन्सी) बढ्नु र प्याकेट लसजस्ता समस्या आएको जनाइएको छ।
संघले अत्यधिक ट्राफिकका कारण प्राविधिक स्रोत-साधन र नेटवर्क क्षमतामा थेग्नै नसक्ने दबाब परेको बताएको छ। यदि यो अवस्था यस्तै रहेमा सम्पूर्ण नेटवर्क प्रणालीमा गम्भीर असर परी इन्टरनेट सेवा व्यापक रूपमा अवरुद्ध हुने खतरा रहेको चेतावनी पनि दिइएको छ।
पत्रमा उच्च अन्तर्राष्ट्रिय ब्यान्डविथ खपतका कारण इन्टरनेट सेवा प्रदायकहरूले प्रत्यक्ष आर्थिक क्षति व्यहोर्नुपरेको र यसको क्षतिपूर्ति कसरी र कुन प्रक्रियाबाट उपलब्ध गराउन सकिन्छ भन्नेबारे प्राधिकरणले मार्गनिर्देशन दिनुपर्ने माग गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण