सरकार सामाजिक सञ्जाल रोक्ने पक्षमा छैन, घुसपैठका कारण अप्रिय घटना भयो: प्रधानमन्त्री ओली
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शनमा नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरे।
- ओलीले प्रदर्शनमा घुसपैठ भएको र सामाजिक सञ्जाल बन्द गरिएकोबारे प्रस्ट पारे।
- सरकारले मृतक परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिबद्धता जनायो।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन्। उनले प्रदर्शनमा नागरिकको ज्यान गएको घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन्।
साेमबार एव वक्तव्य जारी गर्दै ओलीले सरकार जेनजी पुस्ताको मागप्रति संवेदनशील रहेको तर प्रदर्शनमा विभिन्न स्वार्थ समूहले घुसपैठ गर्दा तोडफोड र आगजनी जस्ता घटना भएको बताए। ‘प्रदर्शनका आयोजक स्वयंले सफल भएको घोषणा गरी घर फर्कन आग्रह गरिसकेपछि घुसपैठियाहरुले संवैधानिक संस्थाका कार्यालयमा तोडफोड र आगजनी गरे। त्यसपछि राज्यको सम्पत्ति जोगाउन सरकारले कदम चाल्नुपर्ने स्थिति आयो,’ प्रधानमन्त्री ओलीले भने।
सामाजिक सञ्जाल बन्द गरिएको विवादबारे स्पष्ट पार्दै उनले सरकार नागरिकलाई जोगाउन विगत एक वर्षदेखि नै कम्पनीहरूलाई नेपालमा दर्ता र सूचीकरण गर्न आग्रह गर्दै आएको स्मरण गराए। कतिपयले दर्ता गरे पनि केहीले बेवास्ता गरेको र त्यसैबिच सर्वोच्च अदालतले सूचीकरण नगरी सञ्चालन नगर्न निर्देशनात्मक आदेश दिएको कारण सामाजिक सञ्जाल निष्क्रिय गर्नुपरेको उनले उल्लेख गरे।
‘सरकारले सामाजिक सञ्जाललाई रोक्ने नीति लिएको थिएन र छैन। अदालतको आदेशअनुसार सूचीकरण भए लगत्तै पुनः सञ्चालन हुने व्यवस्था गरिएको हो,’ उनले स्पष्ट पारे। ओलीले सामाजिक सञ्जालबारे पर्याप्त जानकारी अभाव र जेनजी पुस्ताको सोचबिचको अस्पष्टताले आजको अवस्था सिर्जना भएको बताए।
दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति समवेदना व्यक्त गर्दै उनले मृतक परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिबद्धता जनाए। साथै, घटनाको कारण र अवस्था विश्लेषण गर्न १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरिने बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण