प्रदर्शनमा भवन जलाइएपछि अर्को सूचना नआएसम्मका लागि सर्वोच्चको सम्पूर्ण पेसी स्थगित
बुधबार, २५ भदौ २०८२, १० : ३८
सारांश
- जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा सर्वोच्च अदालतको काम कारबाही स्थगित भएको छ।
- अदालतका अनुसार, आगजनीबाट मुद्दाका मिसिल, सर्भर, इजलास जलेर नष्ट भएका छन्।
- सर्वोच्च अदालतले सेवाग्राहीमा परेको असुविधाप्रति दुःख व्यक्त गरेको छ।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भवनमा आगजनी गरेपछि सर्वोच्च अदालतको काम कारबाही ठप्प भएको छ । अदालत प्रशासनले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सम्पूर्ण पेसी स्थगित गरिएको जनाएको छ ।
'आगजनीको कारण सर्वोच्च अदालत पूर्ण रूपमा जली अदालतमा रहेको मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको र भोलिदेखिका पेसीमा रहेका मुद्दाहरूको सुनुवालाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा समेत जानकारीको लागि अनुरोध छ', सूचनामा भनिएको छ ।
यसबाट सर्वसाधारण सेवाग्राहीमा पर्न गएको असुविधाको लागि सर्वोच्च अदालतले दुःख पनि व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण