स्वदेश फर्किँदै अमेरिकामा समातिएका दक्षिण कोरियाली अवैध कामदार
वासिङ्टन डिसी । अमेरिकामा पक्राउ परेका दक्षिण कोरियाली अवैध आप्रवासीहरू स्वदेश फर्किने भएका छन् ।
जर्जिया राज्यमा रहेको ह्युन्डाईको कारखानामा छापा मार्ने क्रममा ठुलो सङ्ख्यामा दक्षिण कोरियाली अवैध आप्रवासी समातिएका थिए ।
स्थानीय समयअनुसार बुधवार १४ः३० बजे तिनीहरू दक्षिण कोरियाका लागि उड्ने भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ । बुधवार बिहान इन्छेओन विमानस्थलबाट चार्टर विमान उडिरहेको दक्षिण कोरियाली टेलिभिजनले प्रसारण गरेको थियो ।
बिहीबार बन्दी कामदारलाई बोकेर विमान दक्षिण कोरिया फर्किने बताइएको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले दक्षिण कोरियाली विदेश मन्त्री चो ह्युनलाई बुधवार बिहान ह्वाइट हाउसमा भेट्नु अघि यो खबर आएको हो ।
यस्ता घटना दोहोरिन नदिन अमेरिकासँग मिलेर काम गर्ने सोमबार वासिङ्टनका लागि उड्नु अघि चोले भनेका थिए । गएको हप्ता अमेरिकी अधिकारीहरूले ह्युन्डाइको ब्याट्री बनाउने कारखानामा गैर कानुनी रूपमा काम गरिरहेको ४७५ जना मानिसलाई समातेका थिए । यीमध्ये ३०० भन्दा धेरै दक्षिण कोरियाली थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण