उच्च मनोबलका साथ एकताबद्ध रहनुपर्छ : कृष्ण सिटौला
काठमाडौँ । राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको विषम परिस्थितिमा उच्च मनोबलका साथ एकताबद्ध रहन सबै राजनीतिक दल र नागरिकलाई अपिल गरेका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै सिटौलाले देश अहिले अचानक र अप्रत्यासित ढंगले आतंकित बनेको भन्दै शान्ति सुव्यवस्था कायम गरी जनताको जीउधनको सुरक्षा गर्न आग्रह गरेका छन् ।
यस्तो छ प्रेस विज्ञप्ति
मितिः २०८२–५–२५
यतिबेला देश अचानक र अप्रत्यासित ढंगले आतंकित भएको छ । अत्यन्त ठूलो कष्ट र पीडा देशवासी तपाईं–हामी सबैले बेहोर्नु परेको छ । यो अत्यन्त दुःखद् घडीमा संयम र धैर्यताका साथ उच्च मनोबलसहित सतर्क, सजग र भावनात्मक रुपले एकतावद्ध रहन सबै राजनीतिक दलका साथीहरु, नागरिक समाज एवम् देशभरका तमाम दिदीबहिनी, दाजु–भाईहरुमा हार्दिक अपिल गर्दछु । साथै देशमा शान्ति सुव्यवस्था कायम गरी नेपाल र नेपाली जनताको जीउधनको सुरक्षा गर्न सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछु ।
(कृष्ण प्रसाद सिटौला)
नेता, नेपाली कांग्रेस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण