फरार चार कैदीबन्दी एसएसबीको नियन्त्रणमा
सारांश
- चितवनको भरतपुर कारागारबाट भागेका चार कैदीबन्दी सुनौलीमा एसएसबीको नियन्त्रणमा परेका छन्।
- नियन्त्रणमा परेका चारै जना भारतीय नागरिक रहेको र उनीहरू गाँजा तस्करी र दुर्घटनाका आरोपमा जेल परेका थिए।
- एसएसबीले उनीहरूलाई नेपाल प्रहरीलाई हस्तान्तरण गर्न ढिलाइ गरिरहेको छ, किनभने भारतमा उनीहरूको कुनै आपराधिक रेकर्ड छैन।
रुपन्देही । जेनजी आन्दोलनका क्रममा चितवनको भरतपुर कारागारबाट भागेका चार कैदीबन्दी सुनौलीस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) को नियन्त्रणमा रहेका छन् । नियन्त्रणमा रहेका चारै जना भारतीय मूलका रहेको बुझिएको छ ।
ती चार कैदीबन्दीमा गाँजा तस्करी आरोपमा कारागारमा रहेका भारतको उत्तर प्रदेश सम्भल जिल्लाका अनिल गिरी र राजपाल सिंह छन् । त्यसैगरी दुर्घटना गराएको आरोपमा कारागारमा रहेका भारतकै उत्तर प्रदेश बाराबांकी जिल्लाका मोनू कश्यप र हरियाण जिल्लाका अब्बास खान रहेका छन् ।
एसएसबीले उनीहरू नेपालको कारागारबाट भागे पनि भारततर्फ उनीहरूको कुनै कुनै आपराधिक अभिलेख नरहेको जनाउँदै नेपाल प्रहरीलाई हस्तान्तरण गर्न आनाकानी गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले साँझ साढे ५ बजे सम्म पनि एसएसबीले उनीहरुलाई हस्तान्तरण नगरेको जानकारी दिए ।
“उनीहरूको भारतमा कुनै आपराधिक रेकर्ड देखिएको छैन भन्दै एसएसबीले हस्तान्तरण गर्न ढिलाइ गरिरहेको छ”, उनले भने, “एसएसबीले माथीको आदेश आएपछि मात्र नेपाली पक्षलाई हस्तान्तरण गर्ने भनेकोले हामी पनि आदेश कुरिरहेका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण