रिलिज भएकै दिन ‘सञ्जु’ इन्टरनेटमा लिक
एजेन्सी । सञ्जय दत्तको जीवनीमा आधारित ‘सञ्जु’ रिलिज भएकै दिन इन्टरनेटमा लिक भएको छ ।
केही सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले इन्टरनेटमा लिक भएको फिल्मको स्क्रिनसट पनि शेयर गरेका छन् ।
चलचित्र एचडी क्वालिटीमा नै लिक भएको बताइएको छ ।
चलचित्र लिक भएपछि यसको असर चलचित्रको कमाईमा पर्ने आशंका व्यक्त गरिएको छ ।
फिल्म लिक भएको खबर फैलिएपछि रणवीरका फ्यानहरुले दर्शकहरुलाई हलमा नै गएर चलचित्र हेर्न अपिल गरेका छन् ।
एक फ्यानले लेखेको छन्, ‘सेन्सर बोर्डलाई ट्वाइलेट लिक भएको सिनमा आपत्ति छ । तर, जब चलचित्र अनलाइन लिक हुन्छ, यो समस्याको समाधान छैन रु’
यस प्रकरणले रणवीर सलमानको फ्यानबीच सामाजिक सञ्जालमा विवाद देखिएको छ । रणवीरका फ्यानहरुको आरोप छ, यो हर्कतको पछाडि सलमानका फ्यानहरुको हात छ ।
यसअघि, रजनीकान्त अभिनित ‘काला’ पनि लिक भएको थियो ।
यता, सञ्जु भारतको ४ हजार स्क्रिनमा एकैपटक रिलिज भएको छ । विदेशमा यो १३ सय स्क्रिनमा रिलिज गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण