नासाको अन्तरिक्ष कार्यक्रममा चिनियाँ नागरिकमाथि प्रतिबन्ध
सारांश
- नासाले अमेरिकी भिसा भएका चिनियाँ नागरिकलाई केन्द्रमा प्रवेशमा रोक लगाएको छ।
- नासाको निर्णयले चिनियाँ नागरिकलाई अनुसन्धानमा सहभागी हुनबाट रोकेको छ।
- चीनको अन्तरिक्ष कार्यक्रम बढिरहेका बेला नासाले सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो।
वासिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाले आफ्नो केन्द्रमा वैध अमेरिकी भिसा भएका चिनियाँ नागरिकहरूको प्रवेशमा रोक लगाएको छ । नासाको याे कदमले विश्वको सबैभन्दा सम्मानित अन्तरिक्ष अनुसन्धान केन्द्रहरूमध्ये एकमा काम गर्नबाट चिनियाँहरूलाई प्रभावकारी रूपमा रोकेको छ ।
ब्लूमबर्गले स्रोतहरूलाई उद्धृत गर्दै छापेको समाचार अनुसार नासामा ठेकेदार वा अनुसन्धानमा योगदान दिने विद्यार्थीहरूको रूपमा मात्र काम गर्न सक्ने चिनियाँ नागरिकहरूले सेप्टेम्बर ५ मा नासाको प्रणाली र सुविधाहरूमा सबै पहुँच गुमाएका छन् ।
एजेन्सीले गरिरहेका कामहरूको सुरक्षा सुनिश्चित गर्न चिनियाँ नागरिकहरूलाई नासाका अन्वेषण केन्द्र, सामग्री र नेटवर्कहरूको प्रयोग गर्नबाट रोक लगाइएको नासाले समेत पुष्टि गरेको छ ।
पछिल्लो समय चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई द्रुत रूपमा बढाइरहेको छ । यसबाट अमेरिका अरू सतर्क भएको छ । अन्तरिक्ष अन्वेषणमा विश्वका दुई ठुला अर्थतन्त्रहरू बिचको दौड बढिरहेकै समयमा नासाले यो निर्णय गरेको हो ।
यसअघि नै चिनियाँ अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)बाट बहिष्कार गरिएको छ । अमेरिकाले नासालाई चीनसँग आफ्नो डेटा साझा गर्नबाट रोक लगाएको थियो । राष्ट्रिय सुरक्षा चिन्ताका कारण दुई पक्षहरू बिचको वैज्ञानिक सहकार्यमा कमी भएकै समयमा नासाको पछिल्लो निर्णय आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण