फर्कन थाले कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दी
धनगढी । जेनजी प्रदर्शनको क्रममा मंगलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरू सम्पर्कमा आउन थालेका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै उनीहरूलाई फर्कन अनुरोध गरेको थियो ।
कञ्चनपुर कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीका अनुसार हालसम्म ११७ जना कैदीबन्दी सम्पर्कमा आइसकेका छन् र यो क्रम जारी छ ।
‘अन्य कतिपयले फोन सम्पर्क गरी आउन लागेको बताएका छन् । कतिपय इलाका प्रहरीको सम्पर्कमा आएका छन्,’ जोशीले भने । केही कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेर पनि ल्याएको उनले जानकारी दिए ।
बुधबार मात्रै भारततर्फ भाग्दै गरेका आठ जना कैदीबन्दीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गड्डाचौकी सीमानाकाबाट नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कारागारमा कुल ४७८ जना कैदीबन्दी थिए । मंगलबार साँझ भएको घटनामा ४५५ जना भागेका थिए । भागेकामध्ये नौ जना बुधबार बिहान आफैँ कारागार फर्किएका थिए भने २३ जना भागेका थिएनन् । पछिल्लो विवरण अनुसार हालसम्म १२४ जनालाई पुनः नियन्त्रणमा लिइएको छ ।
कञ्चनपुर जिल्ला कारागारमा सबैभन्दा बढी लागुऔषध मुद्दाका कैदीबन्दी छन् । यसबाहेक महिला हिंसा, चोरी, ठगी, जबर्जस्ती करणी र ज्यान मार्ने उद्योग जस्ता अन्य मुद्दाका कैदीहरूलाई पनि यहाँ राखिएको छ । प्रशासनले सम्पर्कमा नआउने कैदीबन्दीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण