सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

रेलबाट हामफाल्दा बलिउड अभिनेत्री करिश्मा घाइते

शुक्रबार, २७ भदौ २०८२, १२ : १५
शुक्रबार, २७ भदौ २०८२

मुम्बई । बलिउड अभिनेत्री करिश्मा शर्मा रेलबाट हामफालेकी छन् । एक फिल्म छायाङ्कनमा जाने क्रममा उनी साथी छुटेको कारण ट्रेनबाट हाम फालेकी थिइन् । 

 आफू बुधवार ट्रेनबाट हाम फालेको उनले सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छन् ।

‘म हिजो चर्चगेट छायांकनका लागि जाँदै थिए । म सारी लगाएर रेलमा चढे । रेल छिटोछिटो गुड्दै थियो । मैले साथीले रेल चढ्न नसकेको देखे र म पनि हामफालेँ, उनले अगाडि भनेकी छन् ‘मेरो ढाडमा चोट लागेको छ,  टाउको सुन्निएको छ र पुरै शरीरभरी ठोकिएको निशान छ ।’ डाक्टरले एमआरआई गरेर एक दिनका लागि भर्ना गरेको बताउँदै उनले फ्यानसँग माया र शुभकामनाको आस राखेको बताएकी छिन् । फ्यानको माया र शुभकामना आफ्नो लागि हिम्मत भएको उनको भनाइछ ।

शर्मा फिल्म ‘प्यार का पन्चनामा २’ र ‘रागिनी एमएमएसः रिटर्न्स’ जस्ता फिल्मबाट चिनिएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप