मोरङमा निषेधाज्ञा र कर्फ्यु आदेश कायमै
शुक्रबार, २७ भदौ २०८२, १२ : २२
सारांश
- मोरङ प्रशासनले निषेधाज्ञा र कर्फ्यु आदेश आज पनि जारी राखेको छ।
- जिल्लाभर बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म ५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ।
- बेलुका ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म मोरङ जिल्लामा कर्फ्यु आदेश जारी गरिएको छ।
विराटनगर । मोरङ प्रशासनले जिल्लामा निषेधाज्ञा र कर्फ्यु आदेशलाई आज पनि जारी राखेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले आज सूचना जारी गर्दै बिहान १० बजेदेखि लागू हुने गरी अर्को आदेश जारी गरेका हुन् ।
बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मोरङ जिल्लाभरका सार्वजनिक स्थानमा ५ (पाँच) जनाभन्दा बढी सङ्ख्यामा भेला जम्मा हुन/गर्न नपाउने, कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्नालगायतका गतिविधि गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
यस्तै बेलुका ७ बजेदेखि भोलि बिहान ५ बजेसम्मका लागि मोरङ जिल्लाभर कर्फ्यु आदेश जारी गरिएको छ। यस अवधिमा दमकल, एम्बुलेन्स, शववाहन, स्वास्थ्यकर्मीजस्ता अत्यावश्यक सवारी साधन तथा सेवाबाहेक अन्य कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्ना वा आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण