राष्ट्रपतिको म्यान्डेट लिएर सल्लाहकारहरू सरोकारवालासँग जुटे छलफलमा
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनबारे सल्लाहकारहरूसँग छलफल गर्न निर्देशन दिएका छन्।
- सल्लाहकारहरूले भैरवनाथ गणमा जेनजीका प्रतिनिधि, राजनीतिक दलका नेताहरूसँग छलफल गर्नेछन्।
- राष्ट्रपतिले प्रधानसेनापतिसँग छलफल गरिरहेका छन् र सल्लाहकारहरूको निष्कर्ष सुनेर अघि बढ्ने तयारी छ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनबारे सरोकारवालाहरूसँग छलफल गर्ने जिम्मेवारी आफ्ना सल्लाहकारहरूलाई दिएका छन् । पौडेलको म्यान्डेट लिएर उनका सल्लाहकारहरू लक्ष्मी निवासमा रहेको भैरवनाथ गणमा सरोकारवालासँग छलफल गर्न पुगेका छन् ।
पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापा, परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसे, कानुनी सल्लाहकार बाबुराम कुँवर, प्रेस सल्लाहकार किरण पोखरेल भैरवनाथ गणमा पुगेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।
त्यहाँ उनीहरूले जेनजीका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, संविधानविद्, कानुनविद् र अन्य व्यक्तिहरूसँग आवश्यकताका आधारमा छलफल गर्ने स्रोतले बतायो ।
राष्ट्रपति पौडेलले आफ्नो निवासमा अहिले प्रधानसेनापति अशोकराज सिग्देलसँग कुराकानी गरिरहेका छन् । सल्लाहकारहरूले छलफलबाट ल्याएको निचोड राष्ट्रपतिलाई ब्रिफिङ गर्ने र त्यसपछि त्यही ब्रिफिङका आधारमा राष्ट्रपति अगाडि बढ्ने तयारी राष्ट्रपतिको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले अहिले प्रधानसेनापति सिग्देलसँग घटनाक्रम र अब कसरी अगाडि बढ्ने भन्नेबारे ब्रिफिङ लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण