कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यु
सारांश
- कञ्चनपुर जिल्ला प्रशासनले दिउँसो निषेधाज्ञा र राति कर्फ्यु आदेश जारी गरेको छ।
- महेन्द्रनगर बजार, राजमार्गको छेउछाउ र गाउँपालिका केन्द्रभित्र निषेधाज्ञा लागू गरिएको छ।
- अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सबै प्रकारका यातायात सञ्चालनमा रोक लगाइएको छ।
कञ्चनपुर । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले दिउँसो निषेधाज्ञा, राति कर्फ्यु आदेश जारी गरेको छ । बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी आदेशमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यु आदेश जारी गरिएको हो ।
आदेशमा महेन्द्रनगर बजारको तीन किलोमिटर क्षेत्र, पूर्वपश्चिम राजमार्गको दायाँबायाँ तीन किलोमिटर क्षेत्र र जिल्लाको बेलौरी पुनर्वास, बेलडाँडी तथा लालझाडी गाउँपालिकाको केन्द्रभित्रका बजार क्षेत्रमा निषेधाज्ञा लागू गरिएको प्रजिअ ढकालले जानकारी दिए ।
उनका अनुसार साँझ ७ देखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको हो भने बिहान ६ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा जारी रहने छ । अत्यावश्यक कामका लागि बिहान ६ देखि १० बजेसम्म र अपराह्न ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने ढकालले बताए ।
जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१), ६ (३) र ६ (क) बमोजिम कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी निषेधाज्ञा जारी भएको छ । प्रशासनले अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ ६ (१), ६ (३) बमोजिम निषेधाज्ञा र ६ (क) बमोजिम कर्फ्यु आदेश गरेको जनाएको छ ।
उक्त अवधिमा अत्यावश्यक सेवाका सवारी साधनबाहेक निजी तथा सार्वजनिक यातायातका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । निषेधाज्ञा जारी भएको समय र क्षेत्रमा अत्यावश्यक सेवाका सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवार सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीसाधन, हवाई टिकटका आधारमा हवाई यात्रुको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण