जेनजी आन्दोलनले प्रमुख राजनीतिक दलका पार्टी कार्यालय ध्वस्त
सारांश
- भदौ २४ गते युवाहरूले सिंहदरबार, संसद भवन, र राजनीतिक दलका कार्यालयहरूमा तोडफोड र आगजनी गरे।
- आगजनीबाट सानेपामा रहेको कांग्रेस र एमालेको कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भयो, कागजातहरू नष्ट भए।
- च्यासल र पेरिसडाँडामा पनि आगजनी भयो, बानेश्वरमा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भयो।
काठमाडौँ । जेनजी आन्दोलनका प्रदर्शनकारीको निशानामा सरकारी संरचना, राजनीतिक दलका कार्यालय, राजनीतिक दलका नेताहरूको घर र व्यापारिक कम्प्लेसहरु परेका छन् । भ्रष्टाचार विरुद्धको आन्दोलनको नारा लिएर सडकमा उत्रिएका युवाहरूले भदौ २४ गते सिंहदरबार, संसद् भवन लगायतका सरकारी संरचनासँगै देशका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को कार्यालयमा तोडफोड तथा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीले लगाएको आगोले सानेपामा रहेको नेपाली कांग्रेस र नेकपा एमालेको कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ ।कार्यालयमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् भने कार्यालय खण्डहर बनेको छ । जलेको पार्टी कार्यालयका कांग्रेस कार्यकर्ताले पार्टीको झन्डा र बीपी कोइरालाको तस्बिर अङ्कित झन्डा राखेका छन् ।
च्यासलमा रहेको नेकपा एमालेको पार्टी कार्यालय र पेरिसडाँडामा रहेको माओवादी केन्द्रको पार्टी कार्यालयलाई पनि प्रदर्शनकारीले आगो लगाएर ध्वस्त बनाइदिएका छन् । बानेश्वरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा भने तोडफोड मात्रै भएको छ ।
प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट दलहरूको महत्त्वपूर्ण दस्ताबेजहरू नष्ट भएका छन् भने करोडौँ रुपैयाँको क्षति भएको छ । जलेका पार्टी कार्यालयहरु देखेर कार्यकर्ताहरू निराश हुँदै फर्किने गरेका छन् । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण