सडक विभाग जले पनि देशभरका सडक भइरहेछन् मर्मत
सारांश
- बाढीपहिरोका कारण देशभरका ११ सडक पूर्ण रूपमा अवरुद्ध छन्।
- सडक विभागका अनुसार कोशी राजमार्गदेखि जुम्ला सडकसम्मका सडकहरू अवरुद्ध छन्।
- सडक मर्मतको काम भइरहेको र अवरुद्ध सडक खुलाउने प्रयास जारी छ।
काठमाडौँ । बाढी-पहिरोका कारण देशभरका ११ सडक पूर्ण रूपमा अवरुद्ध छन् ।
देशभरका १६४ सडक एकतर्फी अवस्थामा चालु अवस्थामा छन् । सडक विभागका अनुसार अहिले कोशी राजमार्गदेखि जुम्ला सडकसम्म पूर्ण रूपमा अवरुद्ध छन् ।
बाढीका कारण दुई महिनायता नेपाल-चीन जोड्ने मितेरी पुल बगाउँदा स्याफ्रुवेँसी–रसुवागढी सडक पूर्ण रूपमा अवरुद्ध छ । हुम्लाको पैमा खोला, संखुवासभाको बरुण नदी, रसुवागढीको स्याउपार्किङ, ताप्लेजुङको फक्ताङलुङमा रानीपुल बेलीब्रिज बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध छ ।
यसैगरी पश्चिम रुकुमको रिजगाड, उसुमखोला र छलगाडमा पहिरोका कारण भेरि करिडोरको छिन्चु–दुनै सडक खण्ड, रोल्पाको पुतलाचौरमा पहिरोका कारण शहिदमार्ग अवरुद्ध छ । साथै देलेखको बागडुल्लामा पहिरो जाँदा जखुलालु–जुम्ला सडक, संखुवासभाको अल्फटेमा पहिरोका कारण कोशी राजमार्ग, यस्तै सिन्धुपाल्चोकको कोदारी र घट्टेखोला नजिकै पहिरो जाँदा अरनिको राजममार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण देश विषम परिस्थितिमा छ । यसको बाबजुद पनि निरन्तर रूपमा सडक मर्मतको काम भइरहेको विभागका संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेले बताए । उनका अनुसार हाल विभागमातहत सम्पूर्ण निकाय निरन्तर रूपमा सडक मर्मत तथा सम्भार कार्यमा खटिएका छन् ।
‘हामी निरन्तर सडक खुलाउने प्रयास गरिरहेका छौँ,’ न्यौपाने भन्छन्, ‘अरनिको राजमार्ग, रसुवागढीलगायत अवरुद्ध सडक खुलाउने क्रम जारी छ ।’
मंगलबार उग्र रुप लिएको आन्दोलनमा प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार सर्वोच्च अदालतलगायत देशका ठुला प्रशानिक भवनहरूमा आगजनी गरेका थिए, यस्तोमा सडक विभाग पनि जल्यो । उनले भने, ‘अहिलेसम्म विभागको आगो निभाउने तथा बाँकी रहेका अत्यावश्यक वस्तुहरू सुरक्षित स्थानमा सार्ने क्रम चलिरहेको छ ।’
विभागको भौतिक संरचना पूर्ण रूपमा क्षति भएकाले अन्यत्र सारेर सेवा प्रवाह गरिने उनको भनाइ छ । तर कहाँ सार्ने अहिले टुङ्गो भने लाग्न नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण