काठमाडौँ महानगरपालिकाको सूचना : सोमबारदेखि मनोसामाजिक परामर्शसहित नियमित पठनपाठन सुरु गर्नु
सारांश
- काठमाडौँ महानगरपालिकाले भदौ २९ गतेदेखि शिक्षक तथा कर्मचारीलाई विद्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
- विद्यार्थीलाई भने तत्काल विद्यालय नबोलाउन र विद्यालयको प्रशासनिक तथा सरसफाइ सम्बन्धी काम गर्न भनिएको छ।
- सोमबारदेखि अभिभावकको जिम्मामा आउने विद्यार्थीलाई मनोसामाजिक परामर्शसहित पठनपाठन सुरु गराइनेछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भदौ २९ गते आइतबारदेखि विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई विद्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। देशमा सिर्जित पछिल्लो राजनीतिक परिस्थितिका कारण प्रभावित भएको शैक्षिक गतिविधिलाई पुनः सुचारु गर्न महानगरपालिकाले यो निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले लगाएको कर्फ्यु र निषेधाज्ञा हटेको सूचना आएपछि महानगरपालिकाले उक्त निर्णय गरेको जानकारी दिएको छ ।
महानगरपालिकाद्वारा जारी सूचनामा भदौ २९ गते (आइतबार) देखि सबै शिक्षक तथा कर्मचारीहरू विद्यालयमा उपस्थित हुने, तर विद्यार्थीलाई भने नबोलाउन बोलाउन भनिएको छ।
यस दिन विद्यालयको प्रशासनिक र सरसफाइ सम्बन्धी कामहरू गर्न र विद्यालयमा कुनै प्रकारको क्षति पुगेको भए त्यसको विवरण महानगरपालिकालाई उपलब्ध गराउन भनिएको छ ।
त्यस्तै अभिभावकहरूसँग सम्पर्क गरी आफ्ना बालबालिकालाई विद्यालयमा पठाउन सुरक्षित महसुस गरे मात्र पठाउन अनुरोध गर्न भनिएको छ। भदौ ३० गते सोमबारदेखि अभिभावकको जिम्मामा विद्यालय आउने विद्यार्थीहरूलाई मनोसामाजिक परामर्शसहित नियमित पठनपाठन सुरु गराउन महानगरले निर्देशन दिएको छ ।
अभिभावकसँग आउन नसक्ने विद्यार्थीहरूलाई भर्चुअल कक्षा मार्फत पठनपाठनको व्यवस्था गर्न पनि भनिएको छ। महानगरपालिकाले जिल्ला प्रशासन कार्यालयको थप सूचना भएमा सोहीअनुसार निर्णय गरिने बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण