बुन्डोस लिगाः बायर्नको जितमा केनको दुई गोल
सारांश
- ह्यारी केनको दुई गोलको मद्दतमा बायर्न म्युनिखले हामबर्गरलाई ५-० गोलले पराजित गर्यो।
- खेलमा सर्ज ग्याब्री, अलेक्जेन्डर पाव्लोभिच र लुइस डियाजले पनि बायर्नका लागि गोल गरे।
- जितसँगै बायर्न बुन्डेस लिगाको शीर्ष स्थानमा छ, भने हामबर्गर १७औं स्थानमा छ।
काठमाडौँ । ह्यारी केनको दुई गोलको सहयोगमा जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले हामबर्गरमाथि सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा बायर्नले हामबर्गर एसभीलाई ५–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्यनलाई जित दिलाउन केनले दुई गोल गरे । त्यस्तै सर्ज ग्यान्ब्री, अलेक्जेन्डर पाव्लोभिच र लुइस डियाजले एक–एक गोल गरे ।
बायर्नले खेलको तेस्रो मिनेटमा ग्यान्ब्रीको गोलबाट अग्रता लिएको थियो । खेलको नवौँ मिनेटमा अलेक्जेन्डरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।
खेलको २६औँ मिनेटमा केनले पेनाल्टी मार्फत गोल गर्दै बायर्नलाई ३–० गोलको अग्रता दिलाए ।
डियाजले खेलको २९औँ मिनेटमा गोल गर्दै टिमलाई ४–० गोलको अग्रता दिलाए । केनले ६२औँ मिनेटमा गोल गर्दै बायर्नलाई ५–० गोलको जित दिलाए ।
जितसँगै बायर्नले तीन खेलबाट ९ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । पराजित हामबर्गर १ अंक जोडरे तालिकाको १७औँ स्थानमा छ ।
शनिबार राति नै अर्काे खेलका बोरुसिया डर्टमन्डले एफसी हेइडेनहाइमलाई २–० गोल अन्तरले पराजित गरेको छ । डर्टमन्डलाई जित दिलाउन सेरहाउ गुइरासी र म्याक्सिमिलियन बेयरले एक एक गोल गरे ।
त्यस्तै उल्फबर्गले क्लोनसँग ३–३ गोलको बराबरी खेल्दा होफेनहेइमले युनियन ब्रेलिनलाई ४–२ गोल अन्तरले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण