‘आगजनीबाट क्षति भएको निजी क्षेत्रलाई सफ्ट लोन दिएर भए पनि सहयोग गर्छौँ’
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताइन्।
- उनले गत भदौ २४ गते भएको आगजनी र क्षतिको छानबिन हुने बताइन्।
- प्रधानमन्त्रीले साना व्यापारीहरूलाई पनि सहयोग गर्ने बताइन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताएकी छन् ।
आज पदभार ग्रहणपछि सचिवहरूसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आङ्कलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने बताएकी हुन् ।
उनले क्षतिका बाबजुद निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा समेत व्यक्त गरिन् । उनले २४ गते आतङ्क फैलाएको र त्यसको छानबिन समेत हुने बताइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘व्यक्तिका घर, सम्पत्ति, सुरक्षा निकायदेखि सिंहदरबार, संसद्, अदालत जलाउने काम भयो । व्यक्तिको सम्पत्तिदेखि उद्योगी व्यापारी, इन्टरप्रेनरको सम्पत्ति जलाउने काम भयो । तिनलाई हामीले जसरी उभिन्छौँ । उभिऊ भन्न मिल्दैन । किनभने व्यक्तिको सम्पत्तिको क्षति भएर कतिपय व्यापारी त अब उठ्नै नसक्ने अवस्थामा पुगे । त्यसैले त्यसमा पनि राज्यले विचार गर्छ । उनीहरूलाई कसरी उठाउने भन्नेमा हामी सोच्छौँ । कुन सहयोग दिने भन्नेमा हामी सोच्छौँ । बैंकको सफ्ट लोन दिने की अथवा केही अन्य सहयोग गरेर हुन्छ की हामी सहयोग गर्छौँ । सानासाना व्यापारीहरू पनि लुटिएका छन् । आज मैले समाचार पनि पढेँ, धेरै व्यापारीहरूले धेरै नोक्सानी भएको छ, हामी उठ्ने कोसिस गर्दैछौँ भन्नुभएछ । हामी हार्दैनौँ भन्नुभएको छ ।’
उनले निजी क्षेत्रले क्षति हुँदाहुँदै पनि आफ्नो भित्रको आन्तरिक बल देखाएकोमा धन्यवाद दिइन् । साना व्यापारीहरूलाई समेत राज्यले सहयोग गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको डीआईजीमा शेखर खनाल
-
थप गरिएका परिषद् रजिस्ट्रारका उम्मेदवारको अन्तर्वार्ता लिइएन
-
बागमतीमा सत्ता समीकरणको रस्साकस्सी : राप्रपा र हानेपा तान्ने कसरत तीव्र
-
सुनसरी घटना : यी हुन् जिम्मेवारी खाेसिएका सुरक्षा अधिकारीहरू
-
नेपालबाटै मोरक्कोको भिसा प्रक्रिया सुरु, भारत धाउनुपर्ने बाध्यता हट्यो
-
चेन्नईमा किन रोकियो विजयको ‘जन नायकन’को प्रदर्शन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण