बार्सिलोनालाई सहज जितको अपेक्षा
सारांश
- आइतबार बार्सिलोना र भ्यालेन्सियाबीच ला लिगा फुटबल प्रतिस्पर्धा हुँदैछ।
- बार्सिलोनाले यसअघि रायो भालेकानोसँग बराबरी खेलेको थियो र जित्नै पर्ने दबाबमा छ।
- बार्सिलोना लिगमा ७ अंकसहित पाँचौँ स्थानमा छ भने भ्यालेन्सिया ४ अंकसहित ११औँ स्थानमा छ।
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज (आइतबार) बार्सिलोनाले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ । एस्टाडी जोहान क्रुइफमा हुने बार्सिलोना र भ्यालेन्सिया बिचको खेल नेपाली समयअनुसार राति १२ः ४५ मा सुरु हुनेछ ।
आजको खेलमा बार्सिलोना सहज जित निकाल्ने योजनामा हुनेछ । यसअघिको खेलमा रायो भालेकानोसँग १–१ गोलको बराबरी खेलेको बार्सिलोनालाई आजको खेलमा जित निकाल्नैपर्ने दबाब छ ।
लिगमा तीन खेल खेलेकोे बार्सिलोना ७ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको छ । यता भ्यालेन्सिया ४ अङ्कसहित तालिकाको ११ औँ स्थानमा छ ।
आजको खेलमा जित निकाल्दै भ्यालेन्सिया दोस्रो जित दर्ता गर्न चाहन्छ । ला लिगा अन्तर्गत नै आज हुने पहिलो खेलमा सेल्टा भिगोले जिरोनासँग खेल्दा दोस्रो खेलमा लेभान्टेले रियल बेटिससँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै ओसासुनाले रायो भालेकानोलाई आतिथ्यता प्रदान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण