नेतृत्वको आलोचना नगर्न एमाले महासचिवको निर्देशन
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो विकसित राजनीतिक घटनाक्रम र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रदेश र जिल्ला तहका नेताहरूसँग छलफल गरेका छन् ।
आइतबार प्रदेश र जिल्लाका उपलब्ध नेताहरूसँगको भर्चुअल छलफलमा महासचिव पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन गर्न सुझाव दिँदै पार्टी गतिविधिहरू पनि नरोक्न निर्देशन दिएका हुन् ।
पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले विकसित घटनाक्रमबारेमा महसचिवले ब्रिफिङ गरेको जानकारी दिए ।
‘पहिला त हाम्रा पार्टी कार्यालय भवनहरू कहाँ कति क्षति भएको छ, त्यसको संकलन गर्ने भन्ने कुरा भएका छन्,’ निरौलाले भने, ‘दोस्रो, पार्टी गतिविधिहरू पनि गर्दै जाने भन्ने भएको छ ।’
महासचिव पोखरेलले क्षति भएका ठाउँको मुचुल्का उठाएर मात्र सरसफाइ गर्न भनेका उनको भनाइ थियो । त्यसक्रममा नेतृत्वको आलोचना नगर्न र बाँकी कुरा पछि बसेर छलफल गर्न सकिने महासचिवले कुरा राखेका निरौलाले बताए ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित अधिकांश प्रदेश र जिल्ला पार्टी कार्यालय आगजनी र तोडफोड भएको एमालेले जनाएको छ । पछिल्लो आन्दोलनपछि एमालेभित्र अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने दबाब सिर्जना हुन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण