फुटबल
म्यान्चेस्टर डर्वीः हालाण्डको दुई गोलमा सिटीको सहज जित
आइतबार, २९ भदौ २०८२, २३ : १३
सारांश
- अर्लिङ हालाण्डको दुई गोलको मद्दतले म्यान्चेस्टर सिटीले म्यान्चेस्टर डर्बीमा ३-० को जित हासिल गर्यो।
- फिल फोडेनले खेलको १८औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए भने हालाण्डले दुई गोल थपे।
- जितसँगै सिटीले चार खेलबाट ६ अङ्क बटुलेर आठौँ स्थान ओगटेको छ, भने युनाइटेड १४औँ स्थानमा छ।
काठमाडौँ । अर्लिङ हालाण्डको दुई गोलको सहयोगमा म्यान्चेस्टर डर्वीमा सिटीले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सिटीले म्यान्चेस्टर युनाइटेडमाथि ३-० को जित निकालेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन हालाण्डले दुई गोल गरे । त्यस्तै फिल फोडेनले एक गोल गरे ।
खेलको १८औँ मिनेटमा फोडेनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

खेलको ५३औँ मिनेटमा हालाण्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । हालाण्डले नै खेलको ६८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० गोलको सहज जित दिलाएका थिए ।
जितसँगै सिटी चार खेलबाट ६ अङ्क जोडेर आठौँ स्थानमा छ । पराजित युनाइटेड ४ अङ्क सहित १४औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण