दीर्घकालीन लगानी र रोजगारीमा चुनौती थपियो : नाडा
सारांश
- नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले देशव्यापी आन्दोलन र प्रदर्शनप्रति चासो व्यक्त गरेको छ।
- नाडाले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ।
- नाडाले अटोमोबाइल क्षेत्रमा परेको असरलाई लिएर सरकारसँग समाधान खोज्न आग्रह गरेको छ।
काठमाडौँ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले हालै देशव्यापी रूपमा भएको आन्दोलन र प्रदर्शनप्रति गहिरो चासो व्यक्त गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
नाडाले नेपालको अटोमोबाइल क्षेत्रलाई देशको उद्योग, व्यापार र रोजगारीको महत्त्वपूर्ण आधारशिलाका रूपमा चित्रण गर्दै हालको अस्थिरताले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको जनाएको छ। विज्ञप्तिमा कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षामाथि चिन्ता व्यक्त गरिएको छ। यसले उपभोक्ताको विश्वासमा नकारात्मक असर पुर्याउनुका साथै दीर्घकालीन रूपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको नाडाको भनाइ छ।
नाडाले शान्तिपूर्ण संवाद र सहमतिबाट समस्याको समाधान खोज्न सकिनेमा आफ्नो विश्वास रहेको बताउँदै व्यावसायिक समुदायको सुरक्षालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ। साथै, अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गरिएको छ।
विज्ञप्तिमा नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास, र समग्र अटोमोबाइल उद्योगको सुरक्षाका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। महिला प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले छिट्टै मन्त्रिपरिषद् गठन गरी ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी लिएको सन्दर्भमा, यो सरकार जनताको भावनालाई आत्मसात् गर्न सफल हुने विश्वास पनि नाडाले व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण