बझाङ कारागारबाट फरार कैदी भीरबाट खसेर गम्भीर घाइते
सारांश
- बझाङ कारागारबाट भागेका कैदी रोहित सुनार प्रहरीबाट बच्न भिरबाट हाम फालेर घाइते भए।
- कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सुनार बित्थडचिर गाउँपालिकाबाट पक्राउ पर्ने बेला भिरमा हाम फाले।
- घाइते सुनारको अवस्था गम्भीर रहेको छ र हाल सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
धनगढी । बझाङ कारागारबाट भागेका एक कैदी प्रहरीको नियन्त्रणमा आउनबाट जोगिन भीरबाट हाम फालेर गम्भीर घाइते भएका छन्। घाइते हुनेमा जाजरकोट भेरी नगरपालिका–४ का २८ वर्षीय रोहित सुनार (उदिप) रहेका छन्। उनी कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका थिए।
जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्रप्रसाद धमलाका अनुसार सुनारलाई बझाङको बित्थडचिर गाउँपालिका क्षेत्रबाट पक्राउ गर्ने प्रयासका क्रममा उनले झन्डै ३ सय मिटर अग्लो भीरबाट हाम फालेका थिए। यस क्रममा उनको ढाड र घाँटीमा गम्भीर चोट लागेको छ।
सुनारलाई हाल सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका लागि भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको र शल्यक्रिया गर्नुपर्ने भएको प्रहरीले जनाएको छ।
सुनारसँगै भागेका अर्का कैदी चन्द्रबहादुर पुनलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। पुनमाथि पनि कर्तव्य ज्यानसम्बन्धी मुद्दा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण