शिक्षण अस्पतालबाट २७ जनाको शव आफन्तले बुझे
सारांश
- जेनजी प्रदर्शनमा मृत्यु भएका २७ जनाको शव आफन्तलाई बुझाइयो।
- आन्दोलनकारीको आक्रमणमा मारिएका ३ जना प्रहरीको शव पनि आफन्तले बुझे।
- १९ शवको पोस्टमार्टम बाँकी छ भने ८ जनाको पहिचान हुन सकेको छैन।
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि २७ शव आफन्तले बुझेर लगेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
भदौ २४ मा आन्दोलनकारीको आक्रमणमा परेर मृत्यु भएका ३ जना प्रहरीको शव पनि आफन्तले बुझेका छन् ।
शिक्षण अस्पतालमा अब १९ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ । ५ शवको पोस्टमार्टम भए पनि आफन्तले बुझेका छैनन् । आगजनीमा परेर तथा नयाँ बानेश्वरमा प्रहरीसँग झडप हुँदा मृत्यु भएका ८ वटा शवको पहिचान खुलेको छैन ।
मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ । कस्तो प्रकारको सम्मान दिने भन्नेबारे मन्त्रिपरिषद्बाट निर्णय गरिने गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
मन्त्री अर्यालका अनुसार प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका १२ जनाको पहिचान खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण