चितुवाले आक्रमण गर्दा बाँकेमा एकजनाको मृत्यु
सारांश
- बाँकेको राप्तीसोनारी गाउँपालिकामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
- आइतबारदेखि हराइरहेकी ४५ वर्षीया लक्ष्मी थारु सोमबार मृत अवस्थामा फेला परेकी थिइन्।
- वन कार्यालयले चितुवा पत्ता लगाउन क्यामेरा जडान गरेको र प्राविधिक टोली पठाउने जनाएको छ।
नेपालगञ्ज । नेपालगञ्जको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । आइतबारदेखि हराइरहेकी सोही वडाकी ४५ बर्षीया लक्ष्मी थारु जनमुखी सामुदायिक वनको पुरानो पानी ट्याङ्की नजिकै सोमबार मृत फेला परेको डिभिजन वन कार्यालय, बाँकेका प्रमुख शङ्कर गुप्ताले जानकारी दिए।
गुप्ताका अनुसार थारुको शव आसपासमा चितुवाको पाइला देखिएपछि क्यामेरा जडान गरी हेर्दा एउटा भाले चितुवा हिँडडुल गरेको देखिएको बताए । सो घटनापछि स्थानीय आतङ्कित भएकाले भाले चितुवालाई समाउन आजै प्राविधिक टोली पठाउन लागेको उनले बताए।
“हामीले त्यहाँ तीन थान क्यामेरा जडान गरेका थियौँ, त्यसबाट चितुवा हिँडेको देखिएको छ, अब प्राविधिक टोली त्यहाँ जाँदैछ”, उनले भने । मृतक थारुको शव पोष्टमार्टम पश्चात वडाको सिफारिसमा परिवारलाई रु। १० लाख क्षतिपूर्ति प्रदान गरिने डिभिजन वन प्रमुख गुप्ताले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका मन्त्री बोलिरहँदा श्रम संस्कृतिले किन गर्यो विरोध ?
-
नेपालमा विचार र दर्शन संकुचित हुँदै सामाजिक सञ्जालमा खुम्चियो : ज्ञवाली
-
बुबाको हत्यादेखि विश्वकपको गोलसम्म
-
रसायनिक मलको परनिर्भरता कम गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
-
१० प्रतिशत निःशुल्क शैया व्यवस्थापन सम्बन्धी निर्देशिकाप्रति अफिनको आपत्ति
-
श्रम संस्कृति पार्टीका सांसदद्वारा बेल घेराउ, सभामुखले गराए सचेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण