१५ अर्ब डलर क्षतिपूर्ति मागेर न्यूयोर्क टाइम्समाथि मुद्दा हाल्दैछन् ट्रम्प
सारांश
- अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलर क्षतिपूर्ति माग गर्दै मुद्दा हाल्ने भएका छन्।
- ट्रम्पले पत्रिकाले आफूलाई बदनाम र अपमान गरेको आरोप लगाएका छन् र यो कार्य बन्द हुनुपर्ने बताएका छन्।
- ट्रम्पले यसअघि पनि न्यूयोर्क टाइम्सविरुद्ध मुद्दा हाल्न खोजेका थिए, तर त्यो असफल भएको थियो।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मानहानी र अपमान गरेको भन्दै न्यूयोर्क टाइम्समाथि १५ अर्ब डलर क्षतिपूर्ति मागेर मुद्दा हाल्ने भएका छन् । पत्रिकाले खुल्लम खुल्ला रुपमै झुटो बोलिरहेको अनि आफूलाई बदनाम र अपमान गर्दै आएको भन्दै यो कार्य अहिले नै बन्द हुनुपर्ने सोशल टुथमा गरिएको एउटा पोष्टमा ट्रम्पले लेखेका छन् ।
२०२४ को राष्ट्रपति निर्वाचनमा पत्रिकाले कमला ह्यारिसलाई समर्थन गरेको अनि पत्रिका कट्टरपन्थी वामपन्थी डेमोक्रेटिक पार्टीको मुखपत्र नै बनेको पनि उनले बताए ।
आफूले फ्लोरिडामा मुद्दा हाल्न लागेको ट्रम्पले पोष्टमा लेखेका छन् । आफ्नो राष्ट्रपतित्वको विरोध गर्दै आएका पत्रपत्रिकालाई ट्रम्पले वामपन्थीतिर ढल्किएको सञ्चार माध्यम भन्दै आएका छन् । यी पत्रिकाप्रति ट्रम्पले लामो समयदेखि नै असन्तुष्टि जनाउँदै आएका छन् । सोमबार अबेर ट्रम्पले यसबारे एउटा पोष्ट नै लेखे । पोष्टमा ट्रम्पले अन्य सञ्चार माध्यम र टिभी कार्यक्रमहरूलाई समेत दस्तावेज र भिजुअलमा चलखेल गर्ने परिष्कृत प्रणालीको प्रयोग गरेर आफूलाई बदनाम गरेको आरोप पनि लगाए ।
ट्रम्पले न्यूयोर्क टाइम्समाथि मुद्दा हाल्न खोजेको यो पहिलो पटक होइन । २०२३ मा ट्रम्पले पत्रिका विरुद्ध मुद्दा हाल्न खोजेका थिए । संवैधानिक कानुनका रुपमा मुद्दाका दाबी असफल भएको भन्दै एक न्यायधीसले त्यतिबेला पूर्व राष्ट्रपति रहेका ट्रम्पले १० करोड डलर क्षतिपूर्ति मागेर गरेको सो याचिकालाई खारेज गरिदिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण