यस्तो छ अर्थमन्त्रीको पहिलो निर्णयले बनेको कार्यदल, एक सय अर्बका योजना घटाउने लक्ष्य
सारांश
- अर्थमन्त्री रामेश्वर खनालले बजेटमा समावेश खुद्रे आयोजना हटाउन कार्यदल गठन गरे।
- कार्यदलको संयोजकमा सुमन दाहाल छन् भने सदस्यमा उत्तर कुमार खत्री र धनीराम शर्मा रहेका छन्।
- अर्थमन्त्रीका अनुसार खुद्रे आयोजना कटौतीबाट एक सय अर्ब रुपैयाँ बचत हुने अनुमान छ।
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गर्दै बजेटमा समावेश भएका खुद्रे आयोजना हटाउने सम्बन्धमा अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरे ।
मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख सुमन दाहालको संयोजकत्व रहने गरी उक्त कार्यदल गठन गरिएको थियो ।
कार्यदलमा रहने थप दुई जनाको समेत टुङ्गो लागेको छ । सहसचिवद्वय उत्तर कुमार खत्री र धनीराम शर्मा रहने गरी कार्यदल बनाइएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।
खत्री राजश्व व्यवस्थापन महाशाखाका प्रमुख हुन् भने शर्मा वैदेशिक सहायता तथा समन्वय महाशाखाका प्रमुख हुन् ।
कार्यभार सम्हाल्दै गर्दा अर्थमन्त्री खनालले खुद्रे आयोजनाको कटौतीबाट मात्रै बजेटबाट एक सय अर्ब रुपैयाँ बचत हुने अनुमान गरेका थिए । कार्यदलले सोही बराबर बचत गर्ने गरी सुझाव दिने जनाइएको छ ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । यसमध्ये ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ बराबरको पुँजीगत खर्च रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण