पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागुऔषधसहित दुई भारतीय पक्राउ
मङ्गलबार, ३१ भदौ २०८२, २२ : १४
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा पण्डरपरम्बिल खानी फैजल र एडथुमकुनेल रहीमशेहीम रहेका छन्, जसले गाँजा ओसारपसार गरेका थिए।
- थाई एयरवेजको उडानबाट बैंककबाट आएका उनीहरुलाई १० किलो ९१५ ग्राम गाँजासहित पक्राउ गरिएको हो।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध लागुऔषधसहित मंगलबार दुई जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय पण्डरपरम्बिल खानी फैजल र २६ वर्षीय एडथुमकुनेल रहीमशेहीम रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाको टनेल गेटबाट गाँजा जस्तो देखिने बस्तु १० किलो नौ सय १५ ग्रामसहित उनीहरूलाई आज दिउँसो पक्राउ गरिएको हो ।”
थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनीहरूलाई जाँच गर्दा उनीहरूको लगेजबाट उक्त लागुऔषध फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको प्रवक्ता घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण