तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु
सारांश
- तुलसीपुर उपमहानगरपालिकाले आगजनीपछि त्रिपालमार्फत सेवा सुरु गरेको छ।
- उपमहानगरपालिकाका दुई वटै भवन सरसफाइ गरिएको छ र प्राविधिक परीक्षण भइरहेको छ।
- नौतले व्यापारिक भवनको सिसा फुटेको छ र ठेकेदारले भवन हस्तान्तरण गर्न बाँकी छ।
दाङ । जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट लगाएर अति आवश्यक सेवा सुरु गरेको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिए ।
उनका अनुसार विभिन्न सुरक्षा निकायको सहयोगमा प्राप्त टेन्टबाट क्यान्सर, मिर्गौलालगायतका बिरामीलाई उपचारका लागि सिफारिस गर्ने र तत्काल नगरी नहुने कामलाई सुरुवात गरिएको हो ।
आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको उपमहानगरपालिकाको दुई वटै भवन सरसफाइ गरिएको छ । भवनको प्राविधिकबाट परीक्षण भइरहेकाले अहिले नै बस्न मिल्ने नगरप्रमुख खड्का बताउँछन् ।
नगरप्रमुख खड्काले भने, “यदि प्राविधिक मूल्याङ्कनले बस्न मिल्ने भन्ने भएमा भवन मर्मत गर्नतर्फ लाग्ने छौँ ।” पालिकाले निर्माण गरेको अर्को नौतले व्यापारिक भवनका भने सिसा मात्र फुटेको छ । तर सो भवन ठेकेदारले पालिकालाई अझै हस्तान्तरण नगरेको नगरप्रमुख खड्काले बताए । सम्झौताभन्दा पाँच महिना पहिले नै त्यो भवन निर्माण पूरा भएकाले सोहीअनुसार ‘बोनस’ पुरस्कार ठेकेदारले दाबी गरेको भन्दै त्यो दिनासाथ भवन हस्तान्तरण हुने प्रमुख खड्काको भनाइ छ ।
भवन हस्तान्तरण भए लगत्तै त्यहाँबाट अस्थायी रूपमा कार्यालयको सेवा दिन सकिने प्रमुख खड्काको भनाइ छ । पालिकाका एउटा नयाँ भवन र अर्को पुरानो भवन गरी दुई वटै जलेर नष्ट छन् । व्यापारी भवनको लागि निर्माण गरिएको नौ तहले भवनका सिसा तथा शौचालय तोडफोड गरिएको छ ।
उपमहानगरपालिकाका दमकलसहित २० वटाभन्दा बढी सवारीसाधन जलेर नष्ट छन् । फिल्डमा गएका केही सवारीसाधनबाहेक सबै सवारी जलेर नष्ट भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण