च्याम्पियन्स लिग
बेनफिकालाई ३-२ ले हराउँदै क्यराबाग एफकेको विजयी सुरुवात
बुधबार, ०१ असोज २०८२, ०३ : २२
सारांश
- युरोपियन च्याम्पियन्स लिगमा क्यराबाग एफकेले बेनफिकालाई ३-२ ले पराजित गर्यो।
- बेनफिकाका लागि सुरुवाती अग्रता भए पनि क्यराबागले खेलमा पुनरागमन गर्यो।
- ओलेक्सी काश्चुकको गोलले क्यराबागको जित सुनिश्चित गर्यो र महत्त्वपूर्ण तीन अंक जोड्यो।
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबारको खेलमा अजरबैजान क्लब क्यराबाग एफकेले पोर्तुगिज क्लब बेनफिकालाई ३–२ ले पराजित गरेको छ।
बेनफिकाका लागि खेलको सुरुवाती समयमा एन्जो बारेनेचिया र भान्गेलिस पाभ्लिडिसले क्रमशः ६औँ र १६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ३०औँ मिनेटमा क्यराबागका लिआन्ड्रो अन्ड्राडेले गोल गरे भने ४८औँ मिनेटमा क्यामिलो एन्ड्रेस दुरान मर्केजको गोलले टोलीलाई बराबरीमा ल्याएका थिए। खेलको ८६औँ मिनेटमा ओलेक्सी काश्चुकको गोलले क्यराबागको जीत सुनिश्चित गर्यो।
यस जितसँगै क्यराबाग एफकेले प्रतियोगितामा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण