च्याम्पियन्स लिग
मार्सेल्लीविरुद्ध रियल म्याड्रिड २-१ ले विजयी
बुधबार, ०१ असोज २०८२, ०२ : ५६
सारांश
- रियल म्याड्रिडले च्याम्पियन्स लिगमा मार्सेइलाई २-१ ले पराजित गर्यो।
- मार्सेइका टिमोथी वेहले सुरुवाती अग्रता दिलाए पनि रियलले पेनाल्टीमार्फत जित हासिल गर्यो।
- खेलमा रियल म्याड्रिडका डिफेन्डर डानी कारभाजलले रातो कार्ड पाए।
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार सम्पन्न अर्को खेलमा रियल म्याड्रिडले मार्सेइलाई २-१ ले पराजित गरेको छ।
मार्सेइका लागि टिमोथी वेहले खेलको २२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर रियल म्याड्रिडले खेलमा पुनः पेनाल्टी मार्फत कमब्याक गर्दै २–१ गोल अन्तरले विजयी बनेको हो । खेलको २८औँ मिनेटमा किलियन एमबाप्पेले पेनाल्टी गोल गर्दै बराबरी गरे भने ८१औँ मिनेटमा पाएको पेनाल्टी मार्फत पुनः दोस्रो गोल गर्दै रियलको जीत सुनिश्चित गरे।

यस्तै, रियल म्याड्रिडका डिफेन्डर डानी कारभाजलले ७२औँ मिनेटमा रातो कार्ड पाएका थिए।
यस जितसँगै रियल म्याड्रिडले प्रतियोगितामा महत्त्वपूर्ण तीन अङ्क सुरक्षित गरेको छ ।
बुधबारै सम्पन्न युभेन्टस र जर्मन क्लब बोरुसिया डर्टमण्डबिचको खेल ४-४ को बराबरीमा टुङ्गिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण