यस्तो छ लुम्बिनी प्रदेशका सरकारी कार्यालयहरूमा भएको भौतिक क्षतिको प्रारम्भिक विवरण
सारांश
- भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकारका विभिन्न निकायमा भौतिक क्षति पुगेको छ।
- मुख्यमन्त्री निवासका ३ वटा गाडीसमेत नष्ट हुनुका साथै प्रदेश लोक सेवा आयोगमा आगजनी र तोडफोड भएको छ।
- बुटवलस्थित लेखा नियन्त्रक कार्यालयमा ९६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बुटवल । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न निकायमा भौतिक क्षति पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री निवास र बुटवल सम्पर्क कार्यालय पूर्ण रूपमा क्षति भएका छन् ।
मुख्यमन्त्री निवासका ३ वटा गाडीसमेत नष्ट भएको लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेशका निमित्त प्रमुख सचिव लीलाधर सुवेदीले दिएको जानकारी अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत दाङमा ७ मोटरसाइकल र १ गाडी नष्ट हुँदा अर्घाखाँचीमा सामान्य तोडफोड भएको छ ।
सहरी विकास मन्त्रालय अन्तर्गत रुपन्देहीमा १ मोटरसाइकल जलेको र दाङ, लमहीमा मन्त्री क्वाटरका सामग्री जलाइएको छ ।
बुटवलस्थित लेखा नियन्त्रक कार्यालयमा करिब ९६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका रुपन्देही, बाँके, दाङका यातायात कार्यालय, भैरहवाको उद्योग निर्देशनालय, दाङको घरेलु तथा साना उद्योग कार्यालय र बाँकेको पर्यटन सूचना केन्द्र पूर्ण रूपमा क्षति भएका छन् ।
यस्तै, स्वास्थ्य मन्त्री निवासमा क्षति भएको छ भने ऊर्जा मन्त्रालय अन्तर्गत दाङमा ८ मोटरसाइकल जलेका छन् । वन निर्देशनालय पनि पूर्ण रूपमा क्षति भएको छ ।
आन्तरिक मामिला, युवा तथा खेलकुद र सामाजिक विकास मन्त्रालयमा भने क्षति नभएको बताइएको छ ।
तर, प्रदेश लोक सेवा आयोगमा भवनमा आगजनी र तोडफोड, स्टोर नष्ट, कर्मचारी तथा जनप्रतिनिधिका सम्पत्ति विवरण नष्ट हुनुका साथै ६ वटा गाडी पूर्ण रूपमा क्षति भएको छ। प्रदेश प्रशासनिक परिसर राप्ती उपत्यका देउखुरीको संरचना भने सुरक्षित रहेको छ। प्रदेशमा निमित्त प्रमुख सचिव सुवेदीले क्षति भएको कार्यालयहरुबाट मिल्ने सम्म सेवाहरू सञ्चालन सुरु गरिएको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण