बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लागुऔषधसहित विभिन्न स्थानबाट ३ जना पक्राउ

बुधबार, ०१ असोज २०८२, १२ : १२
बुधबार, ०१ असोज २०८२

सारांश

  • प्रहरीले मोरङ र काभ्रेबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
  • मोरङको विराटनगरमा ८ हजार ६ सय ट्याब्लेट डाइकोमाइन र ३ हजार १ सय ५० ट्याब्लेट ट्रामाडोल बरामद गरिएको छ।
  • काभ्रेको बनेपाबाट ९ सय ट्याब्लेट ट्रामाडोलसहित एक जना पक्राउ परेका छन्।

काठमाडौँ । प्रहरीले मोरङ र काभ्रेका विभिन्न स्थानबाट नियन्त्रित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

मोरङको विराटनगर महानगरपालिका-२ बाट प्रहरीले मंगलबार दिउँसो ठूलो मात्रामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ताप्लेजुङका २० वर्षीय सुन्दर शेर्पा र भारत विहारका २० वर्षीय महमद असरफ रहेका छन्। उनीहरू डेरा गरी बस्ने कोठामा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले खानतलासी गर्दा ८ हजार ६ सय ट्याब्लेट डाइकोमाइन र ३ हजार १ सय ५० ट्याब्लेट ट्रामाडोल फेला पारेको थियो।

यसैगरी, काभ्रेको बनेपा नगरपालिका-८, तिनधाराबाट प्रहरीले मंगलबार दिउँसो पर्साका २२ वर्षीय मौजित अन्सारीलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले उनलाई ९ सय ट्याब्लेट ट्रामाडोलसहित पक्राउ गरेको हो।

प्रहरीले यी सबै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप