सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इजरायलमा प्यालेस्टिनी कथाले उत्कृष्ट फिल्म पुरस्कार पाएपछि मन्त्रीले दिए धम्की

बिहीबार, ०२ असोज २०८२, ११ : ५१
बिहीबार, ०२ असोज २०८२

सारांश

  • इजरायलका संस्कृति मन्त्रीले प्यालेस्टिनी केटाको कथामा आधारित फिल्मलाई अवार्ड दिएकोमा कोष रोक्ने धम्की दिएका छन्।
  • फिल्म 'द सी' ले ओफिर अवार्ड जितेको छ, जसले इजरायलको तर्फबाट ओस्करमा प्रतिस्पर्धा गर्नेछ।
  • १३ वर्षीय मोहम्मद गज्जावीले उत्कृष्ट अभिनेताको पुरस्कार जितेर इतिहास रचे, जो अहिलेसम्मकै कान्छो विजेता हुन्।

तेल अभिभ । इजरायलका संस्कृति मन्त्री मिकी जोहरले राष्ट्रिय फिल्म सम्मान ओफिर अवार्डको कोष रोक्ने धम्की दिएका छन् । यस वर्षको मुख्य पुरस्कार ‘द सी’ फिल्मलाई दिइएपछि उनको यो धम्की आएको हो । 

यो फिल्म १२ वर्षीय प्यालेस्टिनी केटाको कथामा आधारित छ । फिल्मले पहिलो पटक समुद्र हेर्न तेल अभिभ यात्रा गर्न चाहने वेष्ट बैंकमा बस्ने केटाको कथा बताउँछ । 

‘द सी’ले उत्कृष्ट फिल्मको लागि ओफिर अवार्ड जितेको छ । यो पुरस्कारलाई इजरायलको ओस्कर बराबर मानिन्छ । यो जित पछि, फिल्मले अर्काे वर्ष ओस्करमा अन्तर्राष्ट्रिय फिचर फिल्म श्रेणीमा इजरायलको प्रतिनिधित्व गर्नेछ । 

जोहरले पुरस्कार छनोटलाई लज्जास्पद र इजरायलका नागरिकहरूको लागि अपमानजनक भनेका छन् । मन्त्रीसँग ओफिर अवार्डको लागि कोष रोक्ने अधिकार छ कि छैन भनेर स्पष्ट नभएको भन्दै स्थानीय मिडिया रिपोर्टहरूमा भनिएको छ । 

सो फिल्मका लागि १३ वर्षीय मोहम्मद गज्जावीले उत्कृष्ट अभिनेताको पुरस्कार जितेर इतिहास रचेका छन् । उनी यो पुरस्कार जित्ने अहिलेसम्मकै कान्छो विजेता हुन् । फिल्ममा, उनले खालिद नाम गरेका किशोरको भूमिका निर्वाह गरेका छन्, जसलाई तेल अभिभको स्कूल यात्राको क्रममा इजरायली सेनाको चौकीमा रोकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप