आगजनीले क्षतिग्रस्त सर्वोच्च अदालतमा त्रिपाल टाँगेर सुनुवाइ सुरु
सारांश
- सर्वोच्च अदालतले आगजनीबाट क्षतिग्रस्त भएपछि त्रिपाल टाँगेर दुई बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गरेको छ।
- पहिलो सुनुवाइ फिरोज आलमको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि भयो, जसमा अधिवक्ताले बहस गरे र थुनामुक्त गर्न माग गरे।
- अर्को इजलासमा किर्तेसम्बन्धी मुद्दाको सुनुवाइ भयो र 'कारण देखाऊ आदेश' जारी गरियो, निवेदन भदौ ३१ गते दर्ता भएका थिए।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको सर्वोच्च अदालतले १० दिनपछि त्रिपाल टाँगेर दुईवटा बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गरेको छ। भवनमा भएको क्षतिले गर्दा बिहीबार सर्वोच्च अदालत प्राङ्गणमै पाल टाँगेर दुईवटा इजलास गठन गरी सुनुवाइ गरिएको हो।
न्यायाधीश बस्ने कुर्ची उत्तरतर्फ फर्काइएको थियो भने वकिल र इजलास अधिकृतका लागि दक्षिणतर्फ र बिचमा कुर्चीहरू मिलाइएका थिए। इजलासमा कम्प्युटर, किताब र मुद्दाका फाइलहरू केही पनि थिएनन्। न्यायाधीश र अधिकृतहरूले डेस्कमाथि कापी र कलम राखेर सुनुवाइ सुरु गरेका थिए।
पहिलो सुनुवाइ फिरोज आलमको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि भएको थियो। न्यायाधीश सपना प्रधान मल्लको इजलासमा अधिवक्ता वीरेन्द्र पाठकले बहस गर्दै आफ्नो पक्षलाई धितोमा फसाइएको जिकिर गरे। उनले आलमलाई थुनामुक्त गर्न माग गरे।
पहिलो बन्दीप्रत्यक्षीकरणको मुद्दामा जिल्ला अदालत बाँके र उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासलाई विपक्षी बनाइएको थियो। सुनुवाइपछि न्यायाधीश प्रधान मल्लको इजलासले पक्षसँग कागज मगाउने आदेश दिएको छ।
प्रधान मल्लको इजलास सकिएपछि सोही त्रिपालको इजलासमा न्यायाधीश कुमार रेग्मीको इजलास बस्यो। रेग्मीको इजलासमा पनि किर्तेसम्बन्धी मुद्दाको सुनुवाइ भयो र ‘कारण देखाऊ आदेश’ जारी भएको छ।
यी दुईवटा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन गत भदौ ३१ गते दर्ता भएका थिए र बिहीबारदेखि नै ती निवेदनमाथि सुनुवाइ सुरु गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण