मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

लिबियामा डुङ्गा पल्टिँदा मर्नेको सङ्ख्या ५० पुग्यो

बिहीबार, ०२ असोज २०८२, १७ : २६
बिहीबार, ०२ असोज २०८२

सारांश

  • लिबियाको तटमा डुङ्गा दुर्घटना हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ, जसमा सुडानी शरणार्थी सवार थिए।
  • दुर्घटना लिबियाको पूर्वी तटमा भएको थियो, जहाँ डुङ्गामा अचानक आगो लागेको थियो र ७५ जना सवार थिए।
  • अहिलेसम्म २४ जनालाई उद्धार गरिएको छ, र बाँकी बेपत्ता छन्, उद्धारकर्मीले शव फेला पारेका छन्।

त्रिपोली । लिबियाको तटमा भएको डुङगा दुर्घटनामा ५० भन्दा बढीको मृत्यु भएको छ । आइतबार सुडानी शरणार्थी बोकेर ग्रिस गइरहेको समयमा सो डुङ्गा डुबेको थियो । डुङ्गामा अचानक आगो लागेर डुबेको अन्तर्राष्ट्रिय आप्रवासन (आईओएम)ले बिहीबार भनेको छ । 

दुर्घटना लिबियाको पूर्वी तटमा रहेको तोब्रुक सहरबाट करिब ६० किलोमिटर टाढा भएको थियो । आईओएमका अनुसार सो डुङ्गामा जम्मा ७५ शरणार्थी सवार थिए । अहिलेसम्म २४ जनालाई उद्धार गरिएको छ । बाँकी बेपत्ता रहेको भनिएको छ । 

तोब्रुकका अधिकारीहरूबाट आफूलाई आपत्कालीन फोन आएको लिबिया रेड क्रस क्रेसेन्टले भनेको छ । बचावकर्मीले कम्बोट तट र काबेस क्षेत्रबाट शव फेला पारेका थिए । भेट्टाएका शव डुबेकै डुङ्गाका यात्री हुन् कि होइनन् भन्नेचाहिँ स्पष्ट भइसकेको छैन । लिबिया लामो समयदेखि युद्ध र गरिबीको चपेटामा छ ।

अफ्रिका र मध्यपूर्वका मानिसका लागि यो युरोप जाने मुख्य मार्ग हो । यहाँबाट आप्रवासी समुद्रको बाटो भएर ग्रिस पुग्ने कोसिस गर्छन् । तर यो यात्रा निकै खतरनाक हुन्छ । थेग्न सक्ने भन्दा धेरै वजन, खराब मौसम र प्राविधिक खराबीका कारण यहाँ डुङ्गा डुब्ने घटना प्रायः भइरहन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप