सार्वजनिक बसमा अचेत भएका पुरुषको मृत्यु
बिहीबार, ०२ असोज २०८२, २२ : ०४
सारांश
- ललितपुरको लगनखेलबाट लाँकुरी भन्ज्याङ जाँदै गरेका एक पुरुषको बसभित्र मृत्यु भएको छ।
- मृत्यु हुनेमा महालक्ष्मी नगरपालिकाका ४१ वर्षीय योगेन्द्र श्रेष्ठ छन्।
- उनलाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भयो, प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । ललितपुरको लगनखेलबाट लाँकुरी भन्ज्याङ जाँदै गरेका एक जना पुरुषको बसभित्र अचेत भएर मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका वडा नम्बर–८ घर भएका ४१ वर्षीय योगेन्द्र श्रेष्ठ छन् ।
अचेत भएपछि उनलाई उपचारको लागि किष्ट अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
लगनखेलबाट उनी लुभुस्थित घरमा फर्किँदै थिए । लगनखेलबाट लाँकुरी भन्ज्याङ चल्ने बसमा अचेत भएको खबर पाएपछि परिवारका सदस्यहरूले उनलाई अस्पताल लगेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण