संविधानले स्वतन्त्रता, समानता र सामाजिक न्याय सुनिश्चित गरेको छ: रेग्मी
सारांश
- पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानले नेपाली जनताको अधिकार सुनिश्चित गरेको बताए।
- उनले संविधान दिवसको अवसरमा शुभकामना दिँदै राजनीतिक र सामाजिक घटनाले निराशा बढाएको उल्लेख गरे।
- रेग्मीले सरकारले निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्नेमा भरोसा व्यक्त गरे।
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानलाई नेपाली जनताको लामो सङ्घर्ष र अधिकार प्राप्तिको महत्त्वपूर्ण उपलब्धि भन्दै यसले स्वतन्त्रता, समानता र सामाजिक न्याय सुनिश्चित गरेको बताएका छन्।
एघारौँ संविधान दिवस-२०८२ का अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष रेग्मीले यस्तो बताएका हुन् ।
रेग्मीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “अधिकार प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलन, सङ्घर्ष र द्वन्द्वको फलस्वरूप नेपाली जनता सार्वभौम भए र संविधानसभा मार्फत आफ्नो संविधान आफैँ बनाउन सफल पनि भए। स्वतन्त्रता, समानता र सामाजिक न्याय सबैका लागि प्रिय र आवश्यक तत्त्वहरू हुन्। संविधानको उद्देश्य र लक्ष्य पनि यही नै हो।”
संविधान जारी भएको एक दशक पूरा भएको स्मरण गर्दै रेग्मीले हालैका राजनीतिक र सामाजिक घटनाले जनतामा निराशा र आक्रोश बढाएको बताए । विशेष गरी गत भाद्र २३ र २४ का जेन जी आन्दोलनका घटनाहरूलाई नेपालको इतिहासमा नयाँ टर्निङ पोइन्टको रूपमा उल्लेख गरे ।
रेग्मीले सरकारको भूमिकामा भरोसा व्यक्त गर्दै भनेका छन्, “सरकारले घटनामा भएको जनधनको क्षतिको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनेछ। वर्तमान सरकार भ्रष्टाचार र अनियमितता गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउँदै भ्रष्टाचारमुक्त सुशासन र नागरिकमा नयाँ आशा जगाउन सक्षम हुनेछ भन्ने जनताको भरोसा छ।”
उनले आगामी निर्वाचन समयमै सम्पन्न भएर नयाँ संसद् निर्माण हुनु, समुन्नत लोकतन्त्र उन्मुख संवैधानिक अभ्यास विकास गर्नु र नेपाली जनताको आकाङ्क्षाअनुसार नयाँ मार्गचित्र तय गर्नु आवश्यक रहेकोमा जोड दिए।
रेग्मीले जेन जी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर सपुतप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःखी परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण