बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

कर्णालीमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

शुक्रबार, ०३ असोज २०८२, ११ : १६
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • कर्णाली प्रदेश सरकारले संविधान दिवसको अवसरमा वीरेन्द्रनगरमा औपचारिक कार्यक्रम गर्यो।
  • मुख्यमन्त्री यामलाल कँडेलले नागरिक अधिकार कार्यान्वयन र युवा पुस्ताको निराशा समाधान गर्नुपर्ने बताए।
  • मुख्यमन्त्रीले शान्तिपूर्ण आन्दोलनको नाममा भएका विध्वंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै एकताको आह्वान गरे।

सुर्खेत । कर्णाली प्रदेश सरकारले संविधान दिवस मनाएको छ । संविधान जारी भएको १० वर्षे अवसरमा सरकारले शुक्रबार राजधानी वीरेन्द्रनगरमा औपचारिक कार्यक्रम गरी दिवस मनाएको हो ।

आन्तरिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा बिहान साढे ७ बजे राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट दिवस झल्किने ब्यानर प्लेकार्ड, ब्यान्ड बाजासहित प्रभातफेर गरियो । 

karnali-sambidhan-dibas (1)

त्यसपछि प्रदेश रङ्गशालास्थित कभर्ड हलमा औपचारिक कार्यक्रम भएको थियो । कार्यक्रममा प्रदेश प्रमुख, सभामुख, सबै दलका सांसद, पूर्वमुख्यमन्त्री, कर्मचारी तथा सरोकारवाला सबैको उपस्थित रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यामलाल कँडेलले संविधानलाई कानुनी  सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज भएकाले नागरिक अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकार प्रयासरत रहेको बताए । उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थिर सरकारको मागसहित सडकमा आएको जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गरे ।

‎‎उनले नागरिकलाई राज्यप्रतिको भरोसा टुट्न नदिनु राज्यको दायित्व भएको बताउँदै युवा पुस्तामा देखिएको निराशालाई बुझेर समस्या समाधान गर्न पर्याप्त पहल नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढ्नुलाई अन्यथा मान्न नहुने बताए ।

karnali-sambidhan-dibas (6)

‎यद्यपि, उनले शान्तिपूर्ण आन्दोलनका नाममा भएका आगजनी, तोडफोड र विध्वंसात्मक घटनाले सबैलाई स्तब्ध बनाएको उल्लेख गरे । मुख्यमन्त्री कँडेलले लोकतन्त्र, कानुनी राज्य र विधिको शासनमा यस्ता घटना कल्पनासमेत गर्न नसकिने भन्दै लोकतन्त्रका पक्षधरहरूलाई राष्ट्र, राष्ट्रियता र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको रक्षार्थ एकताबद्ध हुन आग्रह गरे ।

‘संविधान निर्माणपछि जनताको राजनीतिक अधिकार प्राप्तिको चरण सम्पन्न भएको र अब सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नुपर्ने हुन्छ,’ उनले भने– ‘जेनजी पुस्ताले उठाएका मागहरू यसै संविधानभित्र रहेर पूरा गर्न सकिने प्रशस्त आधारहरू रहेको र संविधानलाई संशोधन गरी थप परिष्कृत गर्न सकिन्छ ।’

karnali-sambidhan-dibas (4)

‎‎यद्यपि, पछिल्लो आन्दोलनले मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुभन्दा थप राजनीतिक अस्थिरता र अराजकताको भुमरीतर्फ धकेल्ने स्पष्ट सङ्केत देखिएको उनले बताए ।

‎‎कँडेलले सङ्घीयता, लोकतन्त्र, समावेशी समानुपातिक व्यवस्था लगायतका महत्त्वपूर्ण उपलब्धिमाथि प्रहार गर्ने नियतले गरिएका असंवैधानिक एवम् अराजक गतिविधिले सबै चिन्तित बन्नुपर्ने अवस्था आएको बताए । 

karnali-sambidhan-dibas (3)

‎‎उनले अहिलेको विषम परिस्थितिमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै सबै राजनीतिक दलहरू, नागरिक समाज र युवा पुस्तालाई धैर्य रही थप एकताबद्ध हुन अपिल गरे । ‎‎उनले प्रदेश संरचना नै सङ्घीयताको खास पहिचान भएको र यसप्रति उठेका टीका–टिप्पणीलाई समयको माग बमोजिम सुधारात्मक बनाउनुपर्ने आवश्यकता औँल्याए ।

karnali-sambidhan-dibas (5)karnali-sambidhan-dibas (7)karnali-sambidhan-dibas (8)karnali-sambidhan-dibas (9)karnali-sambidhan-dibas (10)karnali-sambidhan-dibas (11)karnali-sambidhan-dibas (12)karnali-sambidhan-dibas (13)karnali-sambidhan-dibas (14)karnali-sambidhan-dibas (15)karnali-sambidhan-dibas (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप