बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फिफा वरीयताको शीर्ष स्थानमा स्पेन, अर्जेन्टिना खस्कियो

शुक्रबार, ०३ असोज २०८२, ११ : ३३
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • स्पेन फिफा वरीयताको शीर्ष स्थानमा एक दशकपछि फर्किएको छ।
  • अर्जेन्टिना दोस्रो स्थानमा झर्दा फ्रान्स दोस्रो स्थानमा उक्लिएको छ।
  • नेपाल १७६औँ स्थानमा यथावत् रहँदा दक्षिण एसियामा तेस्रो स्थानमा छ।

काठमाडौँ । स्पेन एक दशक पछि फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार स्पेन शीर्ष स्थानमा उक्लिदा सन् २०२२ को विश्वकप पछि शीर्ष स्थानमा रहेको अर्जेन्टिनाको वरीयता खस्किएको हो । 

स्पेन भने १० वर्ष पछि वरीयताको शीर्ष स्थानमा उक्लिएको हो । नयाँ वरीयतामा फ्रान्स एक स्थान माथि उक्लँदै दोस्रो स्थानमा आएको छ । 

अर्जेन्टिना दुई स्थान तल झरेर तेस्रो स्थानमा रहँदा इङ्गल्यान्ड चौथो स्थानमा यथावत् छ । त्यस्तै र्पाेर्चुगलले एक स्थान सुधार गर्दै पाँचौं स्थानमा हुँदा पाँच पटकको विश्व विजेता ब्राजिल छैटौं स्थानमा छ । 

नयाँ वरीयतामा नेपाल १७६औँ स्थानमा यथावत् छ । दक्षिण एसियाली वरीयतामा नेपाल तेस्रो स्थानमा छ । भारत १३४औँ स्थानमा रहँदा मालदिभ्स १७१औँ स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप