चार जना मान्छे खाएको नरभक्षी बाघ नियन्त्रणमा
सारांश
- बाराको जंगलमा बाघले चार जनाको ज्यान लिएपछि सुरक्षाकर्मीहरूले बाघलाई नियन्त्रणमा लिएका छन्।
- राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा सेना र प्रहरीले बाघलाई नियन्त्रणमा लिएका हुन्, जसले एक सैनिक हवलदारलाई पनि घाइते बनाएको थियो।
- बाघलाई नियन्त्रणमा लिन ६ वटा हात्तीको प्रयोग गरिएको थियो र हाल बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा राखिएको छ।
काठमाडौँ । बाराको जंगलमा चारजना मान्छे खाएको र एकजनालाई घाइते बनाएको बाघलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट खटिएका विज्ञ टिमको सहयोगमा सेना र प्रहरीले बाघ नियन्त्रणमा लिएका हुन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ र २२ मा ३ महिनाको बिचमा बाघले ४ जना मानिसलाई मारेको थियो । एकजना सैनिक हवलदारलाई घाइते बनाएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूले चुरियामाई सामुदायिक वनको ३ ठाउँमा राँगालाई बाँधेर क्यामरा जडान गरेका थिए । क्यामराले राँगोलाई आक्रमण गरेको फोटो कैद गरेपछि डार्ट गरेर बाघ नियन्त्रणमा लिइएको हो । जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई सामुदायिक बनको आधाभारबाट बाघलाई नियन्त्रणमा लिइएको प्रहरी चौकी अमलेखगञ्जका वरिष्ठ सई धनबहादुर श्रेष्ठले रातोपाटीलाई बताए ।
सुरक्षाकर्मी र प्राविधिकहरूले ६ वटा हात्तीको सहयोगमा बाघ नियन्त्रणमा लिएका हुन् । नरभक्षी बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण