अमेरिकाले खारेज गर्यो तीन भारतीय कार्यकारीको भिसा
शुक्रबार, ०३ असोज २०८२, १४ : ३०
सारांश
- अमेरिकी दूतावासले फेन्टानिल तस्करीको आरोपमा तीन भारतीय व्यवसायीको भिसा रद्द गरेको छ।
- यो निर्णय फेन्टानिल ओभरडोजका कारण अमेरिकामा हुने मृत्युसँग सम्बन्धित छ।
- दूतावासले भिसा रद्द गरिएका व्यक्तिको नाम सार्वजनिक नगरेको तर उनीहरू भारतीय नागरिक भएको जनाएको छ।
नयाँ दिल्ली । भारतस्थित अमेरिकी दूतावासले भारतीय व्यवसायका तीन कार्यकारी र कर्पोरेट नेताको भिसा खारेज गरेको छ । फेन्टानिल तस्करी गरेको आरोपमा यो निर्णय गरिएको हो ।
फेन्टालिन सिन्थेटिक ओपोइड बनाउन प्रयोग गरिने केमिकल हुन् । अमेरिकामा यसको ओभरडोज मृत्युको मुख्य कारणमध्ये एकको रूपमा रहँदै आएको छ । यी व्यक्ति र तिनका परिवारको सदस्यहरू अमेरिकामा यात्रा गर्न अयोग्य रहने बिहीबार आफ्नो विज्ञप्तिमा दूतावासले भनेको छ ।
फेन्टानिल तस्करीमा संलग्न सम्बन्धित कार्यकारीका कम्पनीसँग सम्बन्धित कार्यकारीहरूले अमेरिकाका लागि भिसा आवेदन दिएमा उनीहरूको कडाइका साथ छानबिन हुने पनि दूतावासले भनेको छ ।
दूतावासले आरोपीहरूको नाम सार्वजनिक गरेको छैन । तर ती भारतीय नागरिक भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण