देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ
सारांश
- प्रहरीले देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
- कपिलवस्तु र सुर्खेतमा ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्, जसमा एक महिला पनि छिन्।
- महोत्तरीमा खैरो हेरोइनसहित एक जना पक्राउ परे, उनी काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार थिए।
काठमाडौं। देशका विभिन्न जिल्लाबाट प्रहरीले अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
कपिलवस्तुको वाणगंगा नगरपालिका-८, ढोडेकोलबाट बिहीबार दिउँसो प्रहरीले १ ग्राम २३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २६ वर्षीया सिता भन्ने सकुन्तला मानन्धर र ३४ वर्षीय सन्तोष भन्ने नर बहादुर पुन रहेका छन्। प्रहरीले सकुन्तलाको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारेको हो।
यसैगरी, सुर्खेतको भेरीगंगा नगरपालिका-१०, तोलीखोला नजिकबाट बिहीबार राति प्रहरीले करिब १ ग्राम ८२० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित कालिकोटका दन्त बहादुर रोकायलाई पक्राउ गरेको छ। नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको गाडीमा सवार उनलाई प्रहरीले चेकजाँचका क्रममा पक्राउ गरेको हो।
उता, महोत्तरीको बर्दिबास नगरपालिका-३ बाट शुक्रबार बिहान ४ ग्राम २०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सिराहाका जेनिस चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले सिराहाबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार चौधरीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
प्रहरीले यी सबै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण