रुससँग मानवीय विषयमा मात्र वार्ता भएको युक्रेनको भनाइ
सारांश
- युक्रेन र रुस मानवीय वार्तामा मात्र संलग्न रहेको राष्ट्रिय सुरक्षा परिषद्का सचिवले बताए।
- युद्ध बन्दीहरूको रिहाइको पहल भइरहेको छ र त्रिपक्षीय वा द्विपक्षीय बैठकको प्रतीक्षा छ।
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग द्वन्द्व अन्त्यबारे छलफल गरेका थिए।
किएभ। युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तम उमेरोभले युक्रेन र रुस अहिले मानवीय वार्तामा मात्र संलग्न रहेको बताएका छन् ।
“यस समयमा, हामी मानवीय पक्षलाई निरन्तरता दिइरहेका छौँ, हामी युद्ध बन्दीहरूलाई रिहा गर्ने पहल गरिरहेका छौँ,” उमेरोभले भने।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गत महिना भएको वासिङ्टन भ्रमणपछि किएभले मस्को र वासिङ्टनसँग सम्भावित वार्ताको अपेक्षा गरिरहेको पनि उमेरोभले बताएका छन् ।
उनले भने, “यो चरणमा हामी त्रिपक्षीय वा द्विपक्षीय बैठकको पर्खाइमा छौँ भन्ने मेरो विश्वास छ ।”
युक्रेन र रुसले सन् २०२५ मे, जुन र जुलाईमा टर्कीएमा तीन चरणको वार्ता गरेका थिए भने उमेरोभले प्रत्येक सत्रमा युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
अगस्ट १८ मा धेरै युरोपेली नेताहरूसहित युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाउसमा भेटवर्ता गर्नुभएको थियो जसमा रुस–युक्रेन द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण